×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोस्रो त्रैमासमा गुडविल फाइनान्सको खुद नाफामा आकर्षक प्रगति, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गुडविल फाइनान्सको खुद नाफा बढेको छ । कम्पनीको खुद नाफा ४२.७१% ले बढेर ७ करोड ९१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोहि अवधिमा यस कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १३८.३५% र सञ्चालन नाफा भने ४२.२२% ले बढेको छ । कम्पनीले यो त्रैमासमा खुद ब्याज आम्दानी बढाएर १९ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ७ करोड ८४ लाख रुपैयाँबाट बढेर ११ करोड १५ लाख रुपैयाँमा भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा गुडविलको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: