×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सका सीइओ थिङले दिए राजिनामा, कारण यस्तो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोर्खाज फाइनान्सका सीइओ थिङले दिए राजिनामा, कारण यस्तो !

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लालबहादुर थिङले राजिनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा हुँदै गर्दासमेत बैंकको वित्तीय अवस्था सुधार गर्न नसकेपछि आफ्नो कार्यकाल रिन्यु नहुने देखेर उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
यद्यपी उनले आफुलाई संचालकहरुले काम गर्न नदिएको दोष लगाउंदै आएका छन् । यता सो कम्पनीले आज मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक छ । कम्पनीको खुद नाफा ७४.८५% ले घटेको १ करोड ६५ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी ५४.९२% ले घटेर ६ करोड १९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ८७.०३% ले घटेर ३ करोड १५ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा ३.७५% ले बढेर ८.१७% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७९ पैसाले घटेर ४ रुपैयाँ ४६ पैसामा सीमित भएको छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी