×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जर भाँडिएपछि राष्ट्र बैंकले हिमालयनलाई यस्ता ४ कारवाही गर्ने, तत्काल अर्को वाणिज्य बैंकसंग मर्जर गर्नुपर्ने बाध्यता…!

PRIME CA

मर्जर भाँडिएपछि राष्ट्र बैंकले हिमालयनलाई यस्ता ४ कारवाही गर्ने, तत्काल अर्को वाणिज्य बैंकसंग मर्जर गर्नुपर्ने बाध्यता…!

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको छ । डिमर्जको आधिकारीक जानकारी राष्ट्र बैंकलाई प्राप्त भएपछि मर्जर विनियमावली अनुसार कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार आज साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले अब पाउने छैनन् ।
यस्तै हिमालयनलाई शाखा कार्यालय खोल्न अनुमति नदिने, राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा नदिईने राष्ट्र बैंकले जनाएको छ । हिमालयन बैंकले पाउने छैन । यसको अर्थ हिमालयन बैंकले पुनरकर्जा, एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन । गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबारसमेत फुकुवा हुने छैन । त्यसैलेहिमालयन बैंकले कारवाहीबाट बच्नका लागि अर्को वाणिज्य बैंकसँग मर्जर गर्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: