×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका होटल, रेस्टुरेन्ट र ग्राहकका लागि यी ६ बुँदे मापदण्ड तोकियो, पालना नगरे के हुन्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

काठमाडौँका होटल, रेस्टुरेन्ट र ग्राहकका लागि यी ६ बुँदे मापदण्ड तोकियो, पालना नगरे के हुन्छ ?

काठमाडौँ । होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मंगलबार ७ बुँदे आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको हो । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ ।
प्रशसनका अनुसार होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ । यस्तै होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाइ आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ ।
होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: