×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवारी दुर्घटनामा परी आइएमई जनरल इन्स्योरेन्समा कार्यरत कर्मचारीको निधन, बस चालक फरार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

सवारी दुर्घटनामा परी आइएमई जनरल इन्स्योरेन्समा कार्यरत कर्मचारीको निधन, बस चालक फरार !

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्समा कार्यरत एक कर्मचारीको निधन भएको छ । केन्द्रीय कार्यालयमा कायरत दावी विभागकी कृतिका कार्कीको सवारी दुर्घटनामा परी मंगलबार निधन भएको हो ।
कार्यालयबाट कोठा फर्किंदै गरेकी उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा ५ ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं उनको स्कुटरलाई सोमबार साँझ ठक्कर दिएको थियो । प्रहरी प्रधान कार्यालयले ठक्करबाट गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा मंगलबार बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जनाएको छ ।
दोलखा घर भएकी उनी शान्तिनगरमा आफन्तसंग बस्दै आएकी थिइन् । यता ठक्कर दिने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: