काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Infinity Portfolio Management Service संचालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्कवापत वर्ष २०२२ को लागि केवल २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ ।
Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिएवापत लगानीकर्ताहरुले अन्य कुनै शुल्कतथा दस्तुर तिर्नुपर्ने छैन् । यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतार चढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिनेछ ।
व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईने छैन भने लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।
यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन (Stock Valuation) गराई प्रवेश गर्न सकिनेछ र यो सेवा सम्बन्धि अन्य जानकारीको लागि कम्पनीको ईमेलः[email protected] फोन नम्बर ४४११६०४, ४४११७३३ Ext. 134/141 मा सम्पर्कको लागि अनुरोध गरेको छ ।
विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको विभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिन भएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईने भएकोले यसबाट पनि पूर्ण फाइदा लिने छन् भन्ने विश्वास नबिल इन्भेष्टमेण्ट बैंकिङले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्