×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र MOCO एपबीच सम्झौता, सजिलैसँग डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंक र MOCO एपबीच सम्झौता, सजिलैसँग डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने सकिने

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र MOCO एप बिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

MOCO एप नेपालमा पहिलो ’ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । बैंकका भिसा कार्ड प्रयोगकर्ताहरूले अब MOCO एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । जस्तै टेलिकम टप-अप, इन्टरनेट र बिजुलीको बिल आदि ।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक-पटक ब्यालेन्स लोड गरी रहन पर्दैन । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १  एक्स्टेन्सन काउन्टर र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी