×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्जाको ब्याजदर बढ्न सक्छ…तर साना ऋणीलाई जोगाउँछौँ’ : गभर्नर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

‘कर्जाको ब्याजदर बढ्न सक्छ…तर साना ऋणीलाई जोगाउँछौँ’ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अधिकारीले मुलुकभित्र उत्पादन घटेका कारणसमेत उक्त लक्ष्य भेट्टाउन चूनौति रहेको बताएका हुन् । गभर्नर अधिकारीले अहिले उच्च आयातले आर्थिक सुचकमा दवाब भएपनि त्यसको सकारात्मक नतिजा आउने जिकिर गरे ।
अघिल्ला वर्षहरुमा पनि तरलता समस्या हुने गरेपनि यो वर्ष भने बैंकिङ प्रणालीमा दीर्घकालीन तरलता समस्या हुने देखिएको उनले बताए । अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताए । डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित रहेपनि साना ऋणीलाई जोगाउने नीति राष्ट्र बैंकको रहेको उनको भनाई छ ।
यस्तै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले पुजीगत खर्चका क्षेत्रमा सकारात्मक सुधार आएको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधानका लागि पनि गम्भीरताका साथ अघि बढिएको र माघ लागेपनि केहि सुधारका संकेत देखिने जिकिर गरे ।
उनले अर्थतन्त्र मुलुकको लाइफ लाइन भएको भन्दै कोरोना संक्रमण बढेमा यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने उल्लेख गरे । बैठकमा सांसदहरुले मुलुकको अर्थतन्त्रलाई सहिदिशामा ल्याउन सम्बन्धीत निकायबीच सहकार्य हुनुपर्ने धारणा राखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: