काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । बैंकको संस्थापक सेयरधनी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तर्फबाट सह सचिव मिश्र नियुक्त भएका हुन् ।
पुस २५ बसेको मन्त्रीस्तरको बैठकले उनलाई नियुक्त गरेको हो । उनले पुस २९ गते पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।