×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सेन्चुरी बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कसको साधारणसभा कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार सेन्चुरी बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कसको साधारणसभा कहिले ?

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज आइतबार सेन्चुरी बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम हो । सेन्चुरी बैंक, मिर्मिरे लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त र कालिका पावरको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी ५ कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि सोमबार (पुस १९ गते) बुक क्लोज गर्दैछन् । जस अनुसार कम्पनीको सेयर सुरक्षित गर्न आजसम्म सेयर खरिद गर्नुपर्छ । सेन्चुरी बैंकले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.७५% बोनस सेयर र कर तिर्न ०.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको  वार्षिक साधारणसभा पुस २९ गते हुँदैछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा हाोटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
यता प्रोग्रेसिभ फाइनान्सले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% वितरण गर्ने प्रस्ताव पेश गर्दैछ भने मिथिला लघुवित्त वित्तीय संस्थाले पुस २९ गते न्यू बौषा होटल एन्ड गेष्ट हाउसको सभाहल, लालगढ धनुसामा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा कम्पनीले २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यता कालिका पावरले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी