×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ९ करोड २४ लाख हुँदा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ९ करोड २४ लाख हुँदा अन्य सूचकको अवस्था कस्तो ?

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २.२६% ले बढेको छ । कम्पनीको खुद नाफा २.२६% ले बढेर ९ करोड २४ लाख ४२ हजार रुपैयाँ पुगेको हो । यस्तै बैंकका अनुसार खुद ब्याज आम्दानी २१.३४% र सञ्चालन नाफा ३.२५% ले बढेको छ ।
यता रिजर्भ कोष पनि ३९.३६% ले बढेर ३६ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले निक्षेप संकलन २२.३०% र कर्जा लगानी २९.४९% ले विस्तार गरेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: