×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण प्रभाव : लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमण प्रभाव : लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल सुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले कोरोना संक्रमण बढ्दै गएपछि परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीका अनुसार कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको छ । आयोगका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि यस्तो निर्णय गर्न लगिएको हो ।
आयोगले हाल संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ । तर माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: