Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीका संस्थापक सेयरधनी उद्धव प्रसाद ढुंगानाको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।

बैंकले तोकेको २५ दिनभित्र सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK