×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र ईशान बाल तथा महिला अस्पतालबीच सम्झौता, ओपिडी टिकट जस्ता अन्य सेवा सुविधामा आकर्षक छुट पाईने

GLOBAL IME BANK
SHREE KESH

महालक्ष्मी विकास बैंक र ईशान बाल तथा महिला अस्पतालबीच सम्झौता, ओपिडी टिकट जस्ता अन्य सेवा सुविधामा आकर्षक छुट पाईने

२३ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक र ईशान बाल तथा महिला अस्पतालबीच सम्झौता भएको छ । सरल, सहज र गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको बैंकले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा.लिसँग सम्झौता गरेको हो ।

एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंककातर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ-साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card , र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: