×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता, कुनै पनि स्थानबाट सोझै खातामा रकम जम्मा गर्न सकिने

GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता, कुनै पनि स्थानबाट सोझै खातामा रकम जम्मा गर्न सकिने

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रा.लि.सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रा.लिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथ-साथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाखग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card,eCommerce card र Dollar जारी गरिसकेको छ ।

समग्रमा chip based Travel Card, eCommerce card र Dollar cardजारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: