काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले गरेको सहयोग प्रति आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्तरको विकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्ध रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्