×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बिकास बैंकमा ‘चुनावी लफडा’ : केस अदालत पुगेपछि निर्वाचन रोकियो, बैंकको नियतमाथि नै प्रश्न !

PRIME CA

महालक्ष्मी बिकास बैंकमा ‘चुनावी लफडा’ : केस अदालत पुगेपछि निर्वाचन रोकियो, बैंकको नियतमाथि नै प्रश्न !

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार

काठमाडौँ । हरेक महिनाजसो कुनै न कुनै लफडा परिरहने सम्भवत: नेपालकै सबैभन्दा ‘लफडेदार’ बैंक महालक्ष्मी बिकास बैंकमा निर्वाचनको विषयलाई लिएरसमेत लफडा भएको खुलासा भएको छ । योग्यता पुगेका सेयरधनीहरुलाई संचालकको निर्वाचनमा सहभागी नगराउने गरी आफु खुसी गरेको, मिलेमतोमा आफ्नो अभिष्ट पूरा गर्नेगरी केहि व्यक्तिहरुले बैंकमा आफ्नामात्र संचालक लैजान चलखेल गरेको र नियमअनुसार संचालक पदका लागि लड्न खोज्दा हुँदै नभएको बहाना देखाई आफ्नो उम्मेद्वारी रद्ध गरेको भन्दै केहि संचालकहरु अदालत गएपछि अन्तत: अदालतले बैंकको निर्वाचन रोक्न आदेश दिएको हो ।

गिरिराज पोखरेल, प्रमोद श्रेष्ठ लगायत बैंकले मनपरी गरेको भन्दै अदालत गएका थिए ।

अदालतले बैंकका नाममा १५ दिनभित्र छलफलका लागि आउनू भनी आदेश जारी गरेको छ ।

बैंकले आइतबार साधारणसभा बोलाएको छ । साधारणसभामा सकेसम्म यो प्रकरण नआओस् भनेर बैंकले प्री एजीएमका नाममा विभिन्न व्यक्तिहरुलाई बोलाई प्रलोभनमा पारिसकेको चर्चा पनि सुरु भएको छ ।

यो प्रकरण अदालत पुगेसँगै बैंकभित्र कुन हदसम्मको लफडा चलिरहेको छ र जनताको डिपोजिट राखिएको बैंकमा कुन हदसम्मको समस्या छ भन्ने पुष्टी हुन्छ ।

यो बैंकका अध्यक्षसमेत सेयर विवादमा मुछिएका खबर बाहिर आइरहंदा बैंकमा हुँदै नभएको सुन राखेर धितो राखेको काण्डदेखि राखिएको सुन हराएको काण्डसम्म आइपुग्दा कतै यो बैंक गोर्खा बिकास बैंक वा नेपाल बिकास बैंकजसरी नै पतनको बाटोमा त पुगेको छैन ? भन्ने प्रश्न उठेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: