काठमाडौँ । सर्वाेच्च अदालतले महालक्ष्मी विकास बैंकलाई माघ ३ गते मंगलबार वार्षिक साधारणसभा नगर्न आदेश दिएको छ । सर्वाेच्चले बैंकलाई सभा नगर्न अन्तरिम आदेश दिएको हो ।
बैंकले आफ्नो बीसाैँ वार्षिक साधारणसभा मंगलबार केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजे बोलाएको थियो । तर त्यसअघि नै अदालतले यस्तो आदेश दिएको हो । जससंगै बैंकको साधारणसभा रोकिएको छ ।
यसअघि पनि गणपुरक संख्या नपुगेपछि बैंककाे साधारणसभा स्थगित भएको थियो । उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे ।
बैंकका सेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकविरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियाे ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्