×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको साधारणसभामा ‘लफडा’, कोरम नपुगेपछि सभा नै स्थगित !

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको साधारणसभामा ‘लफडा’, कोरम नपुगेपछि सभा नै स्थगित !

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंकको आज आइतबारका लागि बोलाइएको साधारणसभामा ‘लफडा’ भएको छ । निर्वाचनको विषयलाई लिएर बैंकका अधिकाशं सेयरधनी बैंकविरुद्द अदालत पुगेपछि सभामा ‘लफडा’ भएको हो । कोरम नपुगेपछि बैंकको सभा स्थगित भएको छ ।
सञ्चालकका विषयमा विवाद हुँदा संस्थापक सेयरधनीहरुले प्रतिनिधित्व नजनाउँदा सभा हुन नसकेको हो । बैंकले संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्चमा मुद्दा परेपछि निर्वाचन प्रक्रिया पनि रोकिएको छ ।
बैंकले आज बोलाएको साधारणभामा आर्थिक बर्ष २०७७/७८ को नाफाबाट २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो तर सो विषय पारित हुन सकेन । यता साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: