×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ज्यानमारा’ मारुती सिमेन्टको मनपरी सिरिज : देश लुटीरह्यो, कमसल धुलो बेचिरह्यो, सेटिङमा उम्किरह्यो… बल्ल फस्यो !

काठमाडौँ । कारवाही गर्नुपर्ने हाकिम नै मिलेपछि व्यापारीहरुले त मनपरी गर्ने नै भए । पटक पटक गुणस्तरहीन प्रमाणित भएको मारुती सिमेन्ट पनि हाकिमलाई मिलाएर मनपरी गर्न पल्केको यस्तै एउटा कम्पनी हो, जसले निरन्तर गुणस्तरहीन सिमेन्ट बेचेर पनि कारवाही भोगेको छैन । अझ कमसल सिमेन्ट बेचेर जनता मार्ने काममा उद्धत बनेको यो कम्पनीले देशका खानीलाई नै हानी पुर्याउंदा पनि कसैले बोल्न सकेको थिएन । तर अव भने यो कम्पनीको सेटिङ थोरै भएपनि भत्किएको छ । कम्पनीका मालिक महा भ्रष्टाचारी भएको खुलासा भएसँगै अख्तियारले मारुतीकाका हाकिम श्रवण गोयलमाथि भ्रष्टाचार मुद्धा दर्ता गएको छ ।
मारुतीले गुणस्तरहीन सिमेन्ट बेचिरह्यो, माथि सेटिङ मिलाईरह्यो !
मारुती सिमेन्ट पटक पटक गुणस्तरहीन प्रमाणित भएको सिमेन्ट हो । तर सरकारी निकायले नै गुणस्तरहीन सिमेन्ट भनी प्रमाणित गर्दा पनि यो सिमेन्ट निस्फिक्री विक्री वितरण भईरहेको छ । गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट बिक्री गर्न प्रतिवन्धसमेत लगाएको थियो । तर माथि नै सेटिङ गरेर कारवाही नगर्नेगरी सिमेन्ट उद्योगले सम्बन्धित विभागका हाकिमलाई घुस खुवाउथे र मारुती सिमेन्ट कारवाहीबाट जोगिन्थ्यो । यता सो कम्पनीले आफ्नो कर्तुत बाहिर जाने डरले मिडियाहरुलाई पनि आफ्नो पक्षमा परिचालन गर्न करोडौं रुपैयाँ विज्ञापनका नाममा खन्याउन्थ्यो । उनको यो काममा सोहि कम्पनीका ब्राण्ड मेनेजर भनिएका राजु श्रेष्ठ र एक्क विज्ञापन एजेन्सी मतियारका रुपमा काम गर्थे । यसरी माथि हाकिम र यता मिडियालाई पनि मेनेज गरेपछि मारुतीले विभागको निर्देशन लत्याईरह्यो । बिक्री रोक्न निर्देशन दिएका विभागका अधिकारीहरु पनि मोटो रकम पाएपछि चुपछाप बने । र त्यसपछि मारुतीले आम उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेचिरह्यो, र आम जनताहरु मारमा परिरहे । यसो त त्यसअघि पनि मारुती सिमेन्ट पटक पटक गुणस्तरहीन प्रमाणित भएको सिमेन्ट हो। तर हरेक पटक जसो सबै कुरा घुसमै मिल्थ्यो । विभागद्वारा संकलित मारुती सिमेन्टको नमूनामा एमपीए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । त्यो पनि एक पटक मात्र होइन, पटक पटक । र पनि कम्पनीलाई कुनै कारवाही भएन ।
राजश्वदेखि विद्युत प्राधिकरणसम्म सबै ठाउँमा सेटिङ !
यसो त गुणस्तर तथा नापतौल विभागमा मात्र होइन, मारुती सिमेन्टको सेटिङ कनेक्सन धेरै ठाउँमा छ । राज्यलाई तिर्नुपर्ने राजस्व नतिरेपछि २०७४ सालमा राजस्व अनुसन्धान विभागले मारुती सिमेन्टको कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार मारुती सिमेन्टले करोडौं राजस्व छली गरेको छ । सिमेन्ट उत्पादन हुने सिराहाको मिर्चैया र मोरंगको बिराटनगर कार्यालयमा राजस्व अनुसन्धान विभाग इटहरीले छापा त मार्यो, तर सो कम्पनीलाई के कारवाही भयो भन्ने कुरा बाहिर आएन । तर राजश्व अनुसन्धानसँग पनि मिलेर कम्पनीले आफ्नो सेटिङ धन्दा चलायो भन्ने चर्चा बाहिर आएको थियो । यसअघि पनि चन्द्रोदय गाविसस्थित खानीबाट चुनढुंगा उत्खनन् गरी उद्योगसम्म लैजाँदा ५० लाख रुपैयाँभन्दा बढी राजस्व नतिरेको रहस्य खुल्दा पनि मारुती सिमेन्टले ‘माथि नै कुरा मिलाएर’ यो कसलाई सामसुम पार्यो ।
स्थानीयले आन्दोलन गरे, श्रमिकको मृत्यु भयो, तर पनि मारुतीलाई केहि कारवाही भएन !
मारुतीको मनपरी सिरिज यतिमै रोकिन्न । दुधौली नगरपालिका १४ ककुरठाकुरमा २० वर्षदेखि मारुती सिमेन्टले चुन ढुङ्गा उत्खनन् गर्दै आएकोमा प्रभावित क्षेत्रका वासिन्दाले आन्दोलन गरे । खानीका कारण आफ्नो बस्ती जोखिममा परेको, प्रदुषण बढेको, खानीको केमीकल युक्त पानी र खहरेका कारण खेतीयोग्य जमिनमा उत्पादन घटेको, भूक्षय बढेको र नदिको सतह माथि उठ्दा खेतीयोग्य जमिन कटान हुने गरेको भन्दै स्थानीयले आन्दोलन गरे । तर यहाँ पनि स्थानीय नेतासँग मिलेर मारुती सिमेन्टले घटनालाई सामसुम पर्यो । त्यतिबेला दुधौली नगरपालिका प्रमुख घनश्याम राउत, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल र खानीकातर्फबाट जनार्दन रेग्मी, दिपक कार्की, वडाध्यक्ष लीलबहादुर थापा मगर लगायत स्थानीयको उपस्थितीमा ७ बुँदे सहमति भएको थियो । तर, उद्योगले उक्त सहमतिको पालना गरेन । किनकि उ त खुब पावरफुलवाला कम्पनी हो ।
अन्तत: हाकिम नै भ्रष्टाचारी ठहर !
मारुती सिमेन्टको मनपरीबारे अर्थ सरोकारले निरन्तर फलोअप गरेको थियो । तर सिमेन्ट कम्पनीका जिम्मेवार अधिकारीहरु नै ‘केहिले लेख्नेले लेखिरहन्छन्, हामी लुटीरहन्छौं, ठुला मिडियादेखि माथि नेताहरुलाई मिलाएकै छौं क्यार’ भन्दै हिड्ने गरेका थिए । तर पाप धुरीबाट कराउँछ भनेजस्तै लामो समयदेखि कमसल सिमेन्ट बेचेर जनतामार्न पल्किएको मारुती सिमेन्टको पाप अन्तत: कराएको छ । खानी तथा चुनढुंगाको अधिक दोहनसमेत गर्दै आएको मारुती सिमेन्टले यहि केसमा भ्रष्टाचार मुद्धा खेप्नुपरेको छ । र कम्पनीमाथि करोडौंको बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । कम्पनीका मालिक गोयलविरुद्ध अख्तियारले २० करोड ५० लाख ६५ हजार ५७५ रुपैयाँको बिगोदाबीसहित मुद्धा दर्ता गराएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: