काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २५.९२% ले बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको हो ।
बैंकको खुद ब्याज आम्दानी १३.०९% र सञ्चालन नाफा पनि २५.६३% ले बढेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ६ पैसाले बढेर १९ रुपैयाँ ७१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.३०% बोनस सेयर वितरण गरी पूँजी १० अर्ब पुर्याएको छ ।