×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र मोको डिजिटल वालेटबीच सम्झौता, क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी गर्न सकीने

GLOBAL IME BANK
SHREE KESH

मेगा बैंक र मोको डिजिटल वालेटबीच सम्झौता, क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी गर्न सकीने

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंकतथावित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमाकार्य गर्ने मोको डिजिटल वालेट(MOCO Digital Wallet)सँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको(MOCO)डिजिटल वालेटमा बिना कुनै मौज्दात(Balance), बिनाकुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेट(MOCO Digital Wallet)को प्रयोग गर्न सक्नेछन् । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान(QR Code Scan)गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात(Balance)लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताईन् । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट(MOCO Digital Wallet)का नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

मोको(MOCO) सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले Payment Card Industry Data Security Standard (PCI DSS)को नवीनतम प्रोटोकलकोसमेत अनुपालना गरेको हुँदा यो App सुरक्षित (Back-end) प्रणाली भएको बैंकका डिजिटल तथा ई–बैकिङ प्रमुख बिश्वसिंहले जानकारी दिए ।

उनकाअनुसार,(MOCO DigitalWallet)प्रयोगकर्ताहरूले (Unified QR Payment)कोसमेत लाभ लिन सक्नेछन् । यस सुविधामार्फत(MOCO DigitalWallet)प्रयोगकर्ताहरू र मेगा बैंककाकार्ड प्रयोगकर्ताहरूले Alipay, Nepal Pay, UnionPay, VISA विभिन्नडिजिटल(Platform)हरूमार्फत (Scan & Pay)प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

(MOCO)प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि (Reward Point)हरू प्राप्त गर्ने छन् भने संकलन भएको(Reward Point)हरू पछि(MOCO)को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु Redeem गर्नसमेत प्रयोग गर्न सकिन्छ । (MOCO App) गुगलप्ले स्टोर App Store बाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: