×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित

GLOBAL IME BANK
SHREE KESH

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन् ।

काठमाडौंमा विशेष समारोहकाबीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिईन् । अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सिइओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताईन् ।

सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरुवात गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: