×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सले कमायो २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ नाफा, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेरो माइक्रोफाइनान्सले कमायो २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ नाफा, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्सकोे पुस मसान्तसम्म आइपुग्दा समग्र वित्तीय विवरणका परिसूचकहरूमा आकर्षक वृद्धि गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ८९.४१% ले बढेर २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, खुद ब्याज आम्दानी ८८.७१% ले बढेर ५७ करोड १० लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड २६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ९९.५०% ले बढेर ३३ करोड १७ लाख २८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०९ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: