काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.२०% धेरै हो । गत वर्षको यसै अवधिमा यस बैंकले २ अर्ब १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकको वितरणयोग्य नाफा भने २१.२७% ले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी भने ३५.१३% र सञ्चाल नाफा ८.६०% ले बढेको छ ।
यस्तै बैंकका अनुसार निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १६.१९% र २६.२०% ले बढेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसाले घटेर २३ रुपैयाँ ५९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्