SKIP THIS

VIANET ROAD BLOCK
NABIL AD
Civil Bank

Breaking : नबिलले एनबि बैंकलाई प्राप्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर, स्वाप रेसियो १००:४३

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । बिहिबार १००:४३ स्वाप रेसियोमा नबिल बैंकले एनबिलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नबिल बैंक र नेपाल बंगलादेश बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने काम सम्पन्न भएपछी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।
बिहिबार यस्तो सम्झौता भएसंगै अव आइतबारबाट नेप्सेमा नेपाल बंगलादेश बैंकको सेयर कारोबार बन्द हुनेछ । यो प्रक्रिया नबिल र एनबिबीच मर्जर नभई नबिलले एनबिलाई प्राप्ति गर्ने भएकाले नबिल बैंकको सेयर कारोबार पनि यथावत नै रहनेछ ।  केहि समय अगाडी नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई समेत प्राप्ति गरेको थियो ।
यद्यपी नबिल र एनबिबीचको प्राप्ति प्रक्रियामा दुगड ग्रुपको मुद्धा के हुन्छ भन्ने विषय पनि चौतर्फी चासोको विषय बनेको छ । एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर आफुले किन्ने सम्झौता भइसकेको र अर्को पक्षलाई बिक्री गर्न नमिल्ने भन्दै सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्दा दायर गरेका थिए भने अदालतले सो सेयर कसैलाई बिक्री नगर्न आदेश दिइसकेको छ । यद्यपी यो मुद्धा आफ्नो पक्षमा हुने भन्दै चौधरी समूहले प्राप्ति प्रक्रिया अगाडी बढाउने अडान लिएपछि बिहिबार अन्तत: नेपाल बंगलादेश बैंकलाई नबिलले लिने सम्झौता भएको हो ।
आन्तरिक सम्झौताअनुसार प्राप्तिपछिको नबिल बैंकमा नेपाल बंगलादेश बैंकबाट भर्खरै बिदा भएका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने नबिल बैंकका हालका अध्यक्ष उपेन्द्र पौडेल बैंकको अध्यक्ष बन्नेछन् । नबिल बैंक लिमिटेडका अहिलेका सीइओ अनिल केशरी शाहको कार्यकाल केहि समयपछि सकिदैछ ।   बंगलादेश बैंकका कर्मचारीहरु केहि पद घटुवा हुनेगरी नबिलमा एडजष्ट हुनेछन् भने एकिकृत बैंकको नाम नबिल बैंक लिमिटेड नै रहनेछ ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत ग्राहकहरुलाईसेवा प्रदान गर्दै आएको छ भने नेपाल बंगलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal