×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ॐ हस्पिटल र नबिल बैंकबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले उपचार शुल्कमा सहुलियत पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ॐ हस्पिटल र नबिल बैंकबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले उपचार शुल्कमा सहुलियत पाउने

Artha Sarokar

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा विहिवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ । नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् । नेपालमा निजि क्षेत्रवाट सञ्चालित अग्रणि अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि.सं. २०४६ सालदेखी निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।

विश्व स्तरिय उपचार सेवाकालागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।

नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफसेवा(टेष्ट ट्युव बेबी) सुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन् ।

पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमासमेत परिचय बनाउन सफल भएको छ । क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका वि षज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ ।

इमर्जेन्सि मेडिसिनमा डिएम गर्नुभएका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ । जसले इएमएस भ्यान सहित पेसेन्ट ट्रान्सफर तथा हवाई एम्बुलेन्स (मेडिकल हेली रेस्क्यु) सेवासमेत सञ्चालनमा रहेको छ ।

ॐ हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्येनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेशन वार्ड तथा कोभिड आइसियूसमेत सञ्चालन गरेको छ । जस अन्तर्गतहजारौं कोभिड संक्रमितले उपचार पाइसकेका छन् । त्यसैगरी आगामी दिनमा आउनसक्ने नयाँ लहरहरुमा पनि पूर्ववत रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता अस्पतालले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी