काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ १४ गते हुने भएको छ । कम्पनीको सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि हुने भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव सभाबाट पारित हुनेछ ।
नाडेपले डिप्रोक्स लघुवित्तसँग गाभिने गरि राष्ट्र बैंकसँग सैदान्तिक स्वीकृति लिएको थियो । कम्पनी सेयर कारोबार २०७७ पुसदेखि नै रोक्का छ । यस्तै सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्