×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ सारथी लघुवित्तमा करोडौं घोटाला, नक्कली ऋणीका नाममा फर्जी ऋणको कागज बनाएर पैसा झ्वाम !

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थामा करोडौंको घोटाला भएको छ । सो घोटालामा संलग्न तत्कालिन पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखाका शाखा प्रमुखलाई प्रहरीले पक्राउ गरेसंगै घटना बाहिरिएको हो ।
शाखामा रहेका ४०० सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह गरी घोटाला गरिएको पाइएकोपछि प्रहरीले शाखाका शाखा प्रबन्धक भोजेन्द्र कुमार ठाकुरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले तत्कालिन शाखा प्रमुख ठाकुरलाई बैंकिङ ठगी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टी गरेका छन् । उनलाई उनकै घरबाट पक्राउ गरी ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतको भनाई छ ।
उनकाअनुसार ठाकुरले आफु शाखा प्रमुख हुँदा सो शाखाका ४ सय सदस्यमध्ये ३०८ जना र खाता बन्द भइसकेका सदस्यको नाममा पनि फर्जी रकम ऋण प्रवाह गरेको देखिएको छ ।
घटनामा उनि मात्रै संलग्न छन् वा संस्थाका अन्य कर्मचारीको मिलेमतो छ भन्ने विषयमा छानविन भइरहेको बस्नेतको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: