×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुगडले मुद्धा हालेपछी नबिल झनै आक्रामक : एनबीसँगको मर्जरका लागि आजै एमओयु गर्ने तयारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

दुगडले मुद्धा हालेपछी नबिल झनै आक्रामक : एनबीसँगको मर्जरका लागि आजै एमओयु गर्ने तयारी !

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई आज मर्ज गर्ने भएको छ । दुबै बैंकले मर्ज प्रक्रिया अघि बढाउन दिउँसो साढे ३ बजे समझदारीपत्र (एमओयू) मा हस्तक्षर गर्ने भएका हुन् ।
यद्यपि सेयर खरिद-बिक्रीको विषय नमिल्दा दुगड समूहले भने एनबी बैंकसहितलाई विपक्षि बनाएर अदालत पुगेको थियो तर नबिल भने झनै आक्रामक बन्दै आजै एनबीसंग एमओयू गर्न लागेको हो । नबिल बैंकको विश्वस्त स्रोतले दिएको जानकरी अनुसार केहि ‘क्रिटिकल इस्यु’मा कुरा मिल्न बाँकी छ, ती इस्युमा कुरा मिले आजै एमओयु हुनसक्ने सम्भावना ठुलो रहेको छ ।
यता एनबी बैंकको १०० कित्ता सेयर नबिलमा मर्ज भएपछि ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । उक्त बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको ४१.९१ प्रतिशत स्वामित्व छ । आईएफआईसीको सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा किन्ने घोषणा गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: