काठमाडौँ । बिजया दशमीको अवसरमा नेपाल बैंकले आयोजना गरेको टिकटक च्यालेन्जमा प्रदेश नम्बर १ का सागर लामिछाने बिजयी भएका छन् । उनले चटपटे पसल गर्ने पात्रलाई आधार बनाएर टिकटक बनाएका थिए । टिकटकमा चटपटे बेच्ने नेपालीले नेपाल बैंकको खाता प्रयोग गरिएको र नेपाल बैंकका सेवाहरुबारे जानकारी दिएको जनचेतनामुलक भिडियो प्रस्तुत गरिएको थियो ।
सो भिडियो सार्वजनिक भएपछी नै सो भिडियोको निकै तारिफ भएको थियो । त्यतिबेला नै सो भिडियोले टिकटक च्यालेन्ज जित्ने अपेक्षा धेरै दर्शकको थियो । अन्त्यमा भयो त्यस्तै । नेपाल बैंकका मार्केटिङ हेड अर्जुन कंडेलले लामिछाने सो च्यालेन्जमा विजयी भएको पुष्टी गरेका छन् ।
बिजयी लामिछाने नेपाल बैंककै कर्मचारी हुन् । यसो त उनी केहि समय यता टिकटकमा निकै चलेका पात्रसमेत हुन् ।
उनले विशेषगरी हरिबंश आचार्य, केदार घिमिरे (माग्नेबुढो)को पात्रमा बनाएको टिकटक भिडियो निकै लोकप्रिय बनेको छ । उनले केहि टेलिसिरियलमा समेत अभिनय गरेका छन् भने उनले अभिनय गरेको ‘बिहे पास’ नामक ठुलो पर्दाको फिल्म पनि रिलिजको पर्खाईमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्