काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा करेक्सन आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा बिजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । बिजय लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा फस्ट माक्रोफाइनान्स लघुवित्त, किसान लघुवित्त र सिभिल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपी पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर, नबिल बैंक, नेपाल टेलिकम, नेपाल बंगलादेश बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको हो । यस अलावा छ्याङदी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्