काठमाडौं । स्थानीय निर्वाचनको जेठ भित्रै हुने सहमति भएपछी सेयर बजारमा पनि उछाल आएको छ । सो खबरले लगानीकर्ता उत्साहित हुँदा साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड १५ लाख १३ हजार १३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यता सेयर विश्लेषकहरुले भने अबको बजारले अलटाइम हाई चुम्ने दाबी गरेका छन् ।
यस्तै आइतबारको सेयर बजारमा मन्जुश्री फाइनान्स कम्पनीको डिबेञ्जर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । मन्जुश्रीको सेयरमा यस्तो गिरावट आउँदा एनआइसी एसिया सेलेक्ट-३०, मेगा म्युचुअल फन्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको१५ करोड १५ लाख १३ हजार १३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्सको प्रमोटर सेयर, शिभम सिमेन्ट, निफ्रा, नेशनल हाइड्रोपावर र नेशनल लाइफ इन्योररेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा निफ्रा, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर कम्पनी, विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्