×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोमेन नविकरणको १५ सय नतिर्दा नेप्सेको मुख्य वेबसाईट डाउन, प्रवक्ता भन्छन् -‘टेक्निकल कुरा मलाई थाहा हुँदैन’

PRIME CA

डोमेन नविकरणको १५ सय नतिर्दा नेप्सेको मुख्य वेबसाईट डाउन, प्रवक्ता भन्छन् -‘टेक्निकल कुरा मलाई थाहा हुँदैन’

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य वेबसाईट डाउन भएको छ । डोमेन नवीकरणवापतको १ हजार ५ सय रुपैयाँ नतिर्दा नेप्सेको मुख्य वेब साईट डाउन भएको हो । नेप्सेले हरेक वर्ष गर्नुपर्ने डोमेन नविकरण समयमा नै नगर्दा यस्तो समस्या आएको हो ।
यसले नेप्सेको आइटी विभागमा कुन हदसम्मको लापरवाही हुन्छ र नेप्सेका कर्मचारी लगानीकर्ताप्रति कुन हदसम्मको वेप्रवाहा छन् भन्ने पुष्टि हुन्छ । सन् २००४ अप्रिल ११ तारिखमा दर्ता भएको सो डोमेन २०२२ जनवरी २ तारिखका दिन एक्सपायर भएको छ । लगानीकर्ताहरुबाट मोटो कमिशन लिएर चल्ने नेप्सेले गरेको यस्तो गल्ती लापरवाहीको पराकाष्टा भएको प्रविधि विज्ञहरु बताउँछन् ।
‘डोमेनसमेत समयमा नविकरण नगर्ने नेप्सेको आइटी सिस्टम कुन हदसम्मको खराब छ भन्ने प्रष्ट भएको छ । यस्तो झुर व्यवस्थापनले नेप्से जस्तो संस्थालाई नेतृत्व गर्नु नै दुखद हो ।’ एक प्रविधि विज्ञले अर्थ सरोकारसँग भने ‘यो घुस नआउने काम भएकोले सायद कसैले पनि वास्ता गरेन ।’ यता यस विषयमा बुझ्न खोज्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने सम्पर्कमै आएनन् । 
टेक्निकल कुरा मलाई थाहा हुँदैन : नेप्सेका प्रवक्ता 
यता यस विषयमा नेप्सेका  प्रवक्ता मुराहरी पराजुलीलाई प्रश्न गर्दा उनले निकै गैरजिम्मेवार जवाफ दिएका छन् ।आफुहरु डटकम डट एनपीमा सिफ्ट हुन लागेकाले मुख्य डोमेन नविकरण नगरेको उनको तर्क छ । जबकी नेप्सेको वेब साइटमा उनको इमेल ठेगानानै सोही डोमेनमा रहेको उल्लेख छ ।
‘यसरी डोमेन नविकरण नगर्दा अरुले मिस्युज गर्ने सम्भावना हुँदैन ? तपाईंको इमेल पनि यहि डोमेनमा छ त् भनें हाम्रो प्रश्नमा उनले झर्किंदै भने टेक्निकल कुरा मलाई थाहा छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: