×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको सीइओको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा ३ जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको हो ।
नेप्सेको सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । जस सो समितिले ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ओअनि ३ जनाको नाम समितिले सिफारिस गरेको हो । छनोट समितिले अब उनीहरुको नाम मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछ र मन्त्रिपरिषदको बैठकले कुनै एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको प्रमुखमा नियुक्त गर्नेछ ।
नेप्सेका तत्कालीन सीइओ चन्द्र साउँदले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसयता नेप्सेको सीइअ‍ो पद खाली थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: