×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, सामान्य बढ्यो खुद नाफा (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, सामान्य बढ्यो खुद नाफा (विवरणसहित)

Artha Sarokar

७ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सो अवधिमा १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो नाफा गत वर्षको भन्दा २.३८% ले धेरै हो ।
गत वर्ष यसले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ४८.२१% ले घटेर २५ करोड ५७ लाख रुपैयाँमा झरेको छ । यस्तै बैंकका अनुसार पुस मसान्तसम्म आइपुग्दा इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी १९.३०% ले घटेपनि सञ्चालन नाफा भने ३.२७% ले बढेको छ ।
बैंकको निक्षेप संकलन ४.४०% र कर्जा लगानी १९.६७% ले वृद्धि भएको छ । प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ९७ पैसाले घटेर १७ रुपैयाँ ७४ पैसा (बार्षिक) कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी