×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल समृद्धि फण्ड-१ बिहिबार परिपक्क हुने

GLOBAL IME BANK
SHREE KESH

एनआईबिएल समृद्धि फण्ड-१ बिहिबार परिपक्क हुने

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यहि पुस २२ गते बिहिबार परिपक्व हुने भएको छ ।
नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।
यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।
एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: