काठमाडौँ । एनआईबिएल-हिमालयन बैंकबिचको मर्जर औपचारिक रुपमै भाँडिएको छ । आज भएको हिमालयनको साधारणसभामा ३७ सेयरधनीले एनआईबिएलसँग मर्जर नगर्ने भन्दै कम्पनी सचिपमार्फत लिखित रुपमा निवेदन दर्ता गराएपछि दुई बैंकबीचको मर्जर औपचारिक रुपमै भाँडिएको हो ।
यस विषयमा बैंकको सभामा सेयरधनीबीच लफडा भइरहेको छ। बैंकले सभा केन्द्रीय कार्यालय कमलादीमै बोलाएको थियो । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुह र कर्मचारी संचय कोषले लिखित रुपमै अहिलेको अवस्थामा मर्जरमा जान नसकिने भन्दै विपक्षमा भोट हालेपछि मर्जर भाँडिएको हो।
विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । स्मरण रहोस् हिमालयन बैंक र एनआईबिएलको मर्जर असफ हुने समाचार पहिलो पटक अर्थ सरोकारले सार्वजनिक गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्