×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एसिया लुट प्रकरण : कर्मचारीकै योजनामा यसरी लुटिएको रहेछ बैंकको १६ लाख, ४ कर्मचारी पक्राउ !

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकमा कर्मचारीकै मिलेमतोमा लुटपाट भएको तथ्य बाहिरिएको छ । बैंककै कर्मचारीको योजना अनुसार १६ लाख रुपैयाँ लुटिएको हो ।
प्रहरीले सो घटनामा संलग्न एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्कालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालय र शान्तिनगरस्थित मेटलाइफ इन्स्योरेन्सबाट उठाएको रकम मीनभवन स्थित देउराली क्लवसँगैको युनिग्लोव कलेज अगाडीबाट सो रकम लुटिएको प्रहरीले जनाएको छ । घटना गत पुष १८ गतेको भएपनि बैंक लुटिएको घटनाबारे तथ्य भने घटनामा संलग्नहरु पक्राउ परेपछि मात्र बाहिरिएको हो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले काँडाघारी बस्ने प्रदीप खत्रीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा सो लुटको पोल खुलेको थियो । सो रकम चार जनाले बाँडेर लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: