×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया बैंकले गर्यो कमालको प्रगति, ६ महिनामा २ अर्ब ४० करोड नाफा कमाउदा वितरणयोग्य नाफा पनि बढ्यो !

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १६.५७% ले बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको जनाएको हो ।
बैंकले गत वर्ष भने २ अर्ब ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । बैंकले खुद नाफासंगै अन्य महत्वपूर्ण सूचकमा छलाङ मरेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा १८.०२% ले बढेर ८५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको  खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ३२.८१% र सञ्चालन नाफा १२.५९% ले बढेको हो । साथै बैंकको निक्षेप संकलन ०.७०% ले घट्दा कर्जा लगानी भने ५.२९% ले वृद्धि भएको छ ।
यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ४३ पैसा कायम भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: