काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २५.६६% बढेर ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ कमाएको जनाएको हो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१% र सञ्चालन नाफा २५.५७% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । बैंकले हालै मात्र ८% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त बोनस पुँजीकृत भएपछि चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । जसका कारण अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्