×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबारको सेयर बजार : निफ्रासहित ४ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । स्थानीय निर्वाचनको जेठ भित्रै हुने सहमति भएपछी सेयर बजारमा पनि उछाल आएको छ ।  सो खबरले लगानीकर्ता उत्साहित हुँदा साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड १५ लाख १३ हजार १३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यता सेयर विश्लेषकहरुले भने अबको बजारले अलटाइम हाई चुम्ने दाबी गरेका छन् ।
यसैगरी आइतबारको सेयर बजारमा निफ्रा, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर कम्पनी, विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यस्तै आइतबारको सेयर बजारमा मन्जुश्री फाइनान्स कम्पनीको डिबेञ्जर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । मन्जुश्रीको सेयरमा यस्तो गिरावट आउँदा एनआइसी एसिया सेलेक्ट-३०, मेगा म्युचुअल फन्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको१५ करोड १५ लाख १३ हजार १३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्सको प्रमोटर सेयर, शिभम सिमेन्ट, निफ्रा, नेशनल हाइड्रोपावर र नेशनल लाइफ इन्योररेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: