×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४७ अर्बभन्दा बढी ऋणमा डुब्यो नेपाल बायु सेवा निगम, ब्याजसम्म तिर्न नसक्नेपछि विकल्प खोजिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४७ अर्बभन्दा बढी ऋणमा डुब्यो नेपाल बायु सेवा निगम, ब्याजसम्म तिर्न नसक्नेपछि विकल्प खोजिँदै

Artha Sarokar

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सरकारले अब नेपाल बायु सेवा निगममा थप लगानी गर्न नसक्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिको बैठकमा उनले यसअघि सरकार नै जमानी बसेर निगमलाई ऋण प्राप्त भएपनि कुनै उपलव्धी नभएकाले अव सरकारले निगममा थप लगानी गर्न नसक्ने बताएका हुन् ।
४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उनले बताए । यस्तै उनले अहिलेको व्यवस्थापनले निगमलाई अगाडि बढाउने नदेखिएकोले कम्पनी मोडेल, पब्लिक प्राइभेट मोडल लगाएतको बिकल्प अवलम्वन गर्नुपर्ने धारणा राखे । निगम प्रतिस्पर्धी होस् भनेर सरकारले लगानी गर्नका लागि मध्यस्थता गरेको तर नाजायज हस्तक्षेपले संस्था धराशयी भएको उनले बताए ।
उनले निगममाथि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनिया एभिकको गरी ४७ अर्ब ऋण रहेको जानकारी दिए । यता सो बैठकमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगम सरकारको स्वामित्वको संस्था भएको भन्दै यसलाई माथि उठाउने दायित्व सम्बन्धीत सवैको भएको बताए । निगमको कार्यशैलीलाई सुधार गर्नका लागि बोर्ड बैठक नै नबस्नुले पनि निगम धरासयी हुन पुगेको  उनको भनाई छ ।
बैठकमा समिति सदस्यहरुले निगमको अहिलेको अवस्थाका बारेमा सवै जानकार हुनुपर्ने बताएका थिए । निगमलाई राजनीतिक भर्तिकेन्द्र बनाउदा यसको अवस्था दयनिय हुन पुगेको उनीहरुको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी