×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको खुद नाफा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ, वितरणयोग्य नाफा ८७ करोड ४१ लाख (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंकको खुद नाफा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ, वितरणयोग्य नाफा ८७ करोड ४१ लाख (विवरणसहित)

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले नाफा ६.०४% ले बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि ५.३८% ले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ५.३७% ले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी