काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न नपाउने भएका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म सेयरधनीहरुलाई लाभांश वितरण गर्न नपाउने व्यवस्था गर्न लागेको हो ।
सो सम्बन्धमा समितिमा छलफल भइरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका हुन् । कोरोना बिमाबापत भुक्तानीको दाबी गरेको करिब २ वर्ष हुँदा पनि अझैसम्म बीमितहरुले रकम नपाएको चौतर्फी विरोध भएपछि समिति यस्तो निर्णयमा पुगेको हो ।
हालसम्म एक लाख ३८ हजार २५१ जनाले कोरोना बीमाको रकम पाउन बाँकी रहेको छ भने बीमाको दाबी रकम १३ अर्ब १९ करोड ७८ लाख ५५ हजार २१३ रुपैयाँ छ । सरकारले अहिलेसम्म ४१ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ मात्र उपलब्ध गराएको छ । बाँकी रकमका लागि बजेटमा व्यवस्था पनि गरेको छैन । यसअघि पनि भूकम्पका बेलामा लाभांश रोकेको बीमा समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्