मोरङ । झन्डै १६ करोड घोटाला भएको तथ्य बाहिरिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । बैंकले पनि नविन सुवेदीलाई सीइओबाट बर्खास्त गरी नयाँ सीइओ नियुक्त गरिसकेको छ । बैंकमा करोडौं घोटाला गरेको भन्दै सीइओ सुबेदीसहितका बैंकका कर्मचारीलाई पक्राउ गरिएको छ भने एक जना फसाइएका व्यक्ति पनि हिरासतसम्म पुग्नुपरेको छ । सुबेदी र बैंकका तत्कालीन अध्यक्ष तारा निरौलाको मिलेमतोमा बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा झन्डै १६ करोड रुपैयाँ रकम घोटाला भएको आरोप चौतर्फी छ । प्रहरीको प्रारम्भिक निष्कर्षसमेत यहि रहेको प्रहरी स्रोतको दाबी छ । तर प्रहरीले तत्कालीन अध्यक्ष निरौलालाई भने पक्राउ गरेको छैन । बैंकबाट घोटाला भएको रकममध्ये अधिकांस रकम सीईओ सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । ६ वर्षमा घोटाला भएको करिब १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकममध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको छ । सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको देखिन्छ । यसले पनि सुवेदीको संलग्नतामै सो घोटाला प्रकरण घटेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

https://www.youtube.com/watch?v=VNGAGv36XiY
अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्