×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

PRIME CA
GLOBAL IME BANK

पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्नभएको हो । सो रमकमध्ये १ अर्ब ४० करोड हाल लगानीमा रहेको हो भने ३५ करोड रुपैयाँ नयाँ लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४० करोड रुपैयाँ, विकास बैंकहरुमा २६ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ८ करोड ७५ रुपैयाँ निक्षेपका रुपमा लगानी गरिने जनाएको छ ।
उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस २० गते ४ बजेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ । यो निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्नेछ ।
यस्तै निष्कृय कर्जा सापटीको ५% भन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २०% वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । यसैगरी, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका सर्त राखिएको छ ।
राष्ट्र बैंकले यो रकम २०७८ पुस ३ गतेदेखि २०७९ पुस ३ गते (३६६ दिन) सम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो । यसरी राखिएको मुद्दति निक्षेपमा बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: