Skip to content
LAXMI SUNRISE BANK

ब्रिटिस कलेजद्धारा शैक्षिकसत्र २०२१ र २२ को लागि दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

अर्थ सरोकार

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिकसत्र २०२१ र २२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।कलेजले पहिलो पटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो । ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेषउदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन्। छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुबै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन्। जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन्।

छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै ढकालले भनिन्, ‘विश्वस्तरिय कलेजबाट छात्रवृत्ति पाएर सम्मानित हुन पाउँदा म साँच्चै खुसी छु।म जस्ता विद्यार्थीहरुमा सम्भावना देखेकोले टीबीसी प्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु। अब म यो प्राप्त अवसरलाई सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्न चाहान्छु।’ त्यस्तै, सम्मानित अर्का विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यस्तो प्रख्यात अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन पाउँदा म निकै कृतज्ञ छु र यो प्राप्त अवसरको सदूपयोग गर्नेछु।’ लामाले भनिन्।

कलेजका कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले ओएचसीटी छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेकी छिन् । यस बारेमा उनले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिको लागि फण्ड प्राप्त गर्न पाउँदा खुसी छौं।हामी हाम्रा पाठ्यक्रमहरुमार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौं र आवेदनहरुको संख्या र गुणस्तरबाट प्रभावित पनि भएका छौं । दावा लामा तामाङ र रोशना ढकाललाई हार्दिक बधाई तथा पढाइमा सफलताको कामना गर्दछौं।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK