×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमले माग्यो कार्यकारी प्रमुख, आवश्यक योग्यता कति ?

PRIME CA

नेपाल आयल निगमले माग्यो कार्यकारी प्रमुख, आवश्यक योग्यता कति ?

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।
२०७५ सालमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेलको तीन वर्षे कार्यकाल सकिएपछि सो पद अहिले रिक्त रहेको छ । निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: