×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति धर्मशालामा बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्ने निर्णय, हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने आलेको घोषणा (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पशुपति धर्मशालामा बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्ने निर्णय, हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने आलेको घोषणा (भिडियो)

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थीत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिनुभयो ।
सो क्रममा मन्त्री ओलले नियमबिपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पार्नुभयो । उहाँले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले लुम्विनी बिकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै बिभिन्न ठाउमा गुम्वा लगाएत होटल बनाउने काम अघि बढेको जिकिर गर्नुभयो । आफुले लोकप्रीयताका लागि नभएर आफुले दायित्व मात्र निर्वाह गरेको उहाको भनाई छ ।
यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गर्नुभएको थियो । त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: